दाङ । दाङमा लेनदेन मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ साल पुस २९ गते लेनदेन मुद्धामा दुई बर्ष कैद सजाय फैसला भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष २८ का राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गुप्ता हिजो दिउँसो साढे तीन घोराही तुलसीपुर चोकबाट प्रक्राउ परेका हुन् । उनलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीको भनाई रहेको छ ।