
ksbl-7
Pbu
Rksr-7
Msbg-2
Gsbr-6
Csbg-7
Gsbg-3
Jsbg-7
jsbr-3
Usbl-7


दाङ । देउखुरीकोे लमही नगरपालिकाले नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरु माघ १५ गते सम्मका लागि बन्द गर्ने निणर्य गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनगर गर्दे पुष २९ गते देखि लागु हुने गरि माघ १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरिएको छ ।
लमही नगरपालिका स्तरिय बिपद ब्यबस्थापन समितिको बुधवार लमहीमा सम्पन्न बैठकले सो निणर्य गरेको लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डागीले जानकारी दिएका छन् । त्यसै गरि आगामी माघ १५ गते सम्मका लागि २५ जना भन्दा बढी ब्यक्तीहरु भेला भएर कुनै पनि सभा सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्न नपाउने, तत्काल १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई विद्यालय स्तरमै कोरोना भाईरस बिरुद्धको खोप लगाउने र सामाजिक दुरी कायम राखेर भुकम्प दिवस मनाउने निणर्य गरिएको छ । बैठकमा स्थानिय राजनितिकदल र सरोकारवाला निकायको सहभागिता थियो ।
