दाङ । नेपाल प्रहरीको नक्कलि सई बनि ठगि गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले बताए ।
उनले सिआईबिकै नक्कलि सई बनेर धाक धम्कि देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगि गरेको पिडितको जाहेरिको आधारमा पक्राउ गरिएको जानकारी दिए । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनि विरुद्ध ठगि मुद्धा दर्ता गरेर कानुनी कारबाही गरिने एसपि काफ्लेले बताए ।