Sidha Patra बुधबार, पुष २८, २०७८

गुल्मी । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

केहि समय अघिनै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो । तर, जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । पुर्व निर्धारित परिक्षाहरुको सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालन गर्ने निर्णय भएको छ । सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ । माघे संक्रान्तीका अवसरमा रुरु क्षेत्र, छाप, छल्दी लगायतका स्थानमा हुने मेला र महोत्सव बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ । स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय भएको छ । लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय भएको छ । उद्योग धन्दा, कलकारखाना,व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ ।

त्यस्तै जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं नीजि सवारी साधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरुले अनिवार्य मास्क लगाउने,मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने भएको छ । सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक नि–संक्रमण गर्ने निर्णय भएको छ । सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीका अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्। गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले कोभिड १९ को बारेमा अवगत गराउँदै आत्म अनुशासनका विधिनै नियन्त्रणको प्रमुख उपाय भएको बताए । ओमिक्रोन र डेल्टा दुवै खाले भाइरसको चर्चा भएको स्थानीय तहसंगै सरकारी संयन्त्रको व्यवस्थित कार्ययोजना र नागरिक आफु चनाखो बन्नुको अर्को बिकल्प नभएको बताए ।कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]