पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा लु ६ प १५२३ नम्बर को मोटरसाइकल अनियन्त्रित नालिमा पल्टिदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गाहाको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहाका श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।