दाङ । महिलाहरुलाई एकितृत गर्दै आयआर्जन सँग जोडेर चर्चा कमाएको दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ र ८ लाई कार्यक्षेत्र बनाएको यस सँस्थाले महिलाहरुलाई आयआर्जन तर्फ उन्मुख बनाएको छ । सँस्थाको गतिलो साथ पाएका त्यस क्षेत्रका प्राय महिलाहरु आत्म निर्भर बन्ने कुरामा दुई मत छैन । बाख्रा पालन तथा कृषि तर्फ केन्द्रित रहेको यस सँस्थाले उत्पादित बस्तुहरु सहज रुपमा खरिद गरिदिँदा महिला कृषकहरुमा राहत पुगेको छ ।
पहिले बाख्रा बोका खसी दूध तथा तरकारी उत्पादन गरेपनि बजार नपाउँदा कृषक हरु समस्यामा थिए । तर अहिले यस सँस्थाले घरघरमै पुगेर उत्पादित बस्तु खरिद गरिँदिँदा महिला हरुमा थप सहज भएको हो ।
सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको सभाध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य साँसद रेवती रमण शर्माको प्रमुख आतिथ्य एबम प्रदेश साँसद सरश्वती गौतम र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले देशको समृद्दका निम्ति सहकारीको प्रमुख भुमिका रहेको बताए । आयआर्जन सँग जोडिएर आत्मनिर्भर बन्दै जाँदा देश समृद्द बन्ने कुरामा जोड दिए ।
सँस्थाले विभिन्न तह र तप्कामा रहेर उदाहरणिय कार्य गरेको भन्दै विभिन्न समूह तथा ब्यक्तीहरुलाई सम्मान गरेको छ । उत्कृष्ट समूहको सम्मान पाउनेमा लमही ७ जनकपुरको शिलशिला सहयोगी समूह पहिलो, लमही ७ बन्गैको शुभबिहानी सहयोगी समूह दोस्रो र लमही ७ हसनापुरको कोसेली सहयोगी समूह तेस्रो बनेका छन् ।
यसैगरी उत्कृष्ट बचत गर्ने सयपत्री सहयोगी समूह लमही ७ बन्गै कि चन्द्रा रोका सम्मनित भएकि छिन भने उत्कृष्ट बाल बचतमा लमही ७ उचानिम्बुको असल सहयोगी समूहका युग भट्टराई सम्मानित भएका छन् ।
त्यस्तै नमुना सहयोगी समूह लमही ७ कमानपुरकि कमिनी घर्ती मगरलाई पनि सँस्थाले जेष्ठ नागरिकको उपमा दिँदै सम्मान गरेको छ । आफ्नो कार्य क्षेत्र अन्तरगतका ३ बिद्यालयका ३ जना बिद्यार्थीलाई पनि सँस्थाले सम्मान गरेको छ । सम्मानित हुने हरुमा राप्ती माबि उचानिम्बुकि आरजु चौधरी, अर्जुन आधारभुत बिद्यालय हसनापुरकि बिद्या चौधरी
र त्रिशक्ती प्राबी कप्तानगञ्जका ईन्द्रा चौधरी छन् ।
त्यस्तै सँस्थाले उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ । जलजला सहयोगी समूह लमही ७ कमानपुरकि कृष्णा घर्ती पहिलो, कोसेली सहयोगी समूह लमही ७ हसनापुरकि कृष्णा शर्मा दोस्रो र कमलनयन सहयोगी समुह लमही ८ सतबरियाकि तुटाली चौधरीलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो । कार्यक्रममा सँस्थाकि सचिब निर्मला शर्माले बार्षिक प्रगती प्रतिबेदन, ब्यबस्थापक कृष्णी चौधरीले आर्थिक लेखा परिक्षण प्रतिबेदन र बार्षिक कार्यक्रम तथा भाबी आर्थिक योजना प्रतिबेदन कोषाध्यक्ष सुनिता बुढाथोकिले प्रस्तुत गरेका हुन् ।
यस्तै सँस्थाकि कर्मचारी निर्मला घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिका पशु शाखा प्रमुख शिबराज न्यौपाने, ग्रामिन महिला उत्थान केन्द्रका कार्यक्रम सँयोजक भिमकान्त चौधरी,लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगर, सहयोग समाज नेपालका भौनाराम चौधरी लगायतका बक्ताले सँस्थाको उन्नती र प्रगतीको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सँस्थाकि सेयर सदस्य रामरती चौधरीले गरेकि हुन् ।