दाङ । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले आज पृथ्वीजयन्ती तथा एकता दिवस मनाएको छ । विद्यालयका प्रबन्ध निर्देशक भोला नाथ योगीले पृथ्वी नारायण शाहाले नेपाल निर्माणमा अतुलनिय योगदान गरेको हुदा आजको दिनमा उहाको सम्मान गर्नु प्रत्यक नेपाली नागरीकको कर्तब्य रहेको बताउनु भयो ।
त्यस्तै विद्यालयका सह प्रधानअध्यापक मधुसुदन पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यापीठमा कार्यरत सम्पुणर् शिक्षक शिक्षिका लगाएतले एक दिनको तलब बापतको रकम समर्पणको लागी भन्दै प्रदान गरेका छन । साथै विद्यार्थीहरुले समेत सक्दो रकम समर्पन पेटिकामा राखेका छन् । मातृ मुमि सेबक संघद्धारा सञ्चालीत यस विद्यलयले प्रत्यक वर्ष आजको दिनलाइ समर्पण दिवसको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रममा शिक्षक तथा विद्यर्थीहरुले पृथ्वी नारायण शाहाको तस्विरमा माल्यार्पन गर्दे उहाले गरेको योगदनाको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक पिताब्वर, रिजाल, खडग शर्मा , सागर दाहाल,भानुभक्त वस्नेत, रुपलाल गीरी, शोभा पोख्रेल, पुश्मा रावत, निमा विसी लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।