
smb
Rg-9
Ddh
jms
jmb
Gsbus
Bpb
sks
gms
Asm
Ppu
Ssbus
Rus
Sys

Rys
kbs
Asm
Ssb
Gg1
Hl1
Ln8
Ln7
Sbs
Dps
Gsb
Ln3
Ln9
bmj
Ln2
Tsb
Gg5
bml
cks
Usb

Bpb
Snk
Gg3
Nps
Gg6
Gg2
Sml
Rgu
Gjl
Jab
Ksb
ptl
Rss
Sab
Sbs
Jpb
Gg4
दाङ । दाङ माघी पर्वका बेलामा परम्परागत रुपमा संचालन हुँदै आएका माघी मेला तथा उत्सव संचालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएको जनाएको छ ।
कोरोना महामारी केही दिनयता फेरि उल्लेख्य रुपमा बढेको तथा यसको जोखिमलाई मध्यनजर गर्दै भीडभाडजन्य काम वा गतिविधिका लागि प्रशासनले अनुमति नदिएको तथा यसअघि दिईएको अनुमतिमा पनि रोक लगाईएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्र डिसिसीएमी को सिफारिसमा सोमबार मात्रै शिक्षा मन्त्रालयदे आज मंगलबारदेखि आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न र आवश्यक खोपको पहुँचमा बालबालिकालाई पुर्याउन पत्राचार गरेको बेलामा जिल्लामा कुनै प्रकारको भीडभाडजन्य गतिविधीका लागि अुनमति नदिईने उनले बताए ।
त्यस्तै अन्य भीडभाड हुने सार्वजनिक स्थलमा पनि आवश्यक प्रोटोकल अपनाउन र सम्बन्धित कार्यालय, यातायातका साधनलगायतका निकायलाई अनिवार्य रुपमा स्वास्थ्य सामग्रीको प्रयोग भनिएको उनले बताए । यसैबीच, जिल्लाका केही दिनयता, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिकमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेकाले आसन्न माघी मेलाका कार्यक्रमलाई विगत वर्ष जस्तै सामान्य अवस्थामा संचालन गर्न वा आवश्यक स्वास्थ्य सावधानी अपनाएर कसरी अघि बढ्ने भन्ने विषयमा आज दिउँसो जिल्लाका सरोकारवाला सबैसँग छलफल गर्न लागिएको छ ।
‘जिल्लाको पछिल्लो अवस्थाले कुनै पनि सार्वजनिक गतिविधि गर्न सक्ने अवस्था छैन,नागरिकको स्वास्थ्यलाई मध्येनजर राख्दै थप निर्णय गर्नुपर्ने अवस्था भएको छ, गृहमन्त्रालयले पनि केही निर्देशन वा अपिल गर्ला तर जिल्लामै पनि हामीले कसरी अघि बढ्ने भन्ने बारे छलफल गरी आजै टुंगो लगाउँछौँ,’ जिल्ला विपद व्यवस्थानि समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । केही दिन अघि माघी महोत्सव तथा माघी मेलालाई लक्षित गरी विभिन्न संघसंस्था तथा क्लबहरुले पनि कार्यक्रम धमाधम स्थगित गरिरहेका छन् ।
यसैगरी विगतका वर्षहरुमा नागरिकले कोरोनाले गर्दा व्यहोरेको क्षति तथा समस्या फेरि नदोहोरियोस् भन्नेमा जिल्लाबासीहरु पनि सचेत हुँदै गएकाले आवश्यक निर्णयमा सहयोग मिल्ने उनको भनाई छ । आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने सरोकारवालाहरुको संयुक्त बैठकले जिल्लामा कोरोना रोकथामका लागि कसरी अघि बढ्ने भन्ने बारे ठोस निर्णय गर्न लागेको हो ।
