जनकराज भट्टराई आइतबार, पुष १८, २०७८

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परि मृत्यु हुने सात मध्ये ६ जनाको सनाखत भएको छ ।

त्यस्तै मृत्यु हुनेमा अर्घाखांची मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २५ को शंकर वि.क., वर्ष ३६ को मोहन कुंवर, वर्ष २८ को भोजेन्द्र बिक, बुटवल उपमहानगरपालिका – ११ बस्ने वर्ष ३२ को विजय थापा क्षेत्री र बुटवल – १७ बस्ने वर्ष ३० को पशुपति रसाईली र वर्ष ४० को खुम बहादुर रानाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। मृतक अर्का एकजनाको भने सनाखत हुन बाँकी छ । बुटवल ११ बुद्धनगरबाट रिडितर्फ मलामी बोकेर लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा आइतबार बिहान साढे १० बजेतिर दुर्घटना भएको थियो ।

सडकबाट करिब ५५ मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरूमा बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लाल बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२, का ३७ वर्षीय रमेश टाेमटा रहेका छन। यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गाेपाल नेपाली, सैनामैना-६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते रहेको प्रहरीले जनाएको हो ।

यस्तै बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दिपक विक र तुल्सी विक रहनुभएकाे छ । प्रहरीका अनुसार घाइतेहरूमा ९ जनाकाे लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ भने ७जनाकाे मिसन अस्पतालमा उपचार भइरहेकाे छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना जना मलामी बोकेर हिँडेको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]