सिधा-पत्र/क्राईमबिट बिहिबार, पुष १५, २०७८

काठमाडौं । जुवाडेसँग बरामद भएका चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु भएको छ । काठमाडौं प्रहरीका तत्कालिन प्रमुख एसएसपी अशोक सिंह तथा डिएसपी नरेन्द्र चन्द माथि छानबिन सुरु भएको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन थालेको छ । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् ।

त्यस्तै सिन्धुलीका राजकुमार बरालको उजुरीका आधारमा छानबिन सुरु भएको हो । बराल साथी सुभाष भेटवालको अफिसमा गत असोजमा तास खेल्न गएका थिए । त्यहाँ आफ्नो चेक हराएको र भेटवालले दुई करोड २३ लाख फरेर पैसा दाबी गरेको पीडितको भनाई छ ।

बरालकै उजुरीका आधारमा प्रहरीले छानबिन थालेकोमा पछि भेटवालको पक्ष लिएर उनलाई पैसा दिन भन्दै दबाब दिएको थियो । पछि चेक समेत भेटवाललाई नै फिर्ता दिएपछि विवाद भएको हो। जसमा बरालले गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

आरोपीको पक्ष लिने डिएसपी चन्द हाल जुम्लामा कार्यरत छन् । मुद्दा शाखामा हुँदा उनले यस्ता अन्य घटनामा पनि एकपक्षीय निर्णय गरेर पैसा कमाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]