सिधा-पत्र/क्राईमबिट बिहिबार, पौष १५, २०७८

बाँके । बुधबार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा राप्ती नदी तटिय क्षेत्रबाट नदीजन्य पदार्थ बालुवा उत्खनन गरी लोड गरेर लैजादै गरेका भे१क १४३२,भे१ख ३५४२ र भे१ख ३२३१ नम्वरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

यस क्षेत्र अन्तरगतका नदी, खोला तथा सार्वजनिक जमिनमा अवैध रुपमा वालुवा, गिट्टी तथा माटो उत्खननका घटनामा बृद्वि हुँदै गएको व्यापक जनगुनासो बढेको छ । जिल्लाको राप्ती सोनारी, कोहलपुर र बैजनाथ क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ तथा माटो उत्खनन गरेर विक्री वितरण भइरहेको हुँदा सम्बन्धित निकायहरुले यस तर्फ चासो देखाउँदै निगरानी बढाएका हुन् ।

कोहलपुर प्रहरीले श्रृष्टि सामुदायिक वन उपभोक्ता समितिभित्र पर्ने डुडुवा खोलाबाट अवैध रुपमा माटो उत्खनन गरेर विक्रीका लागि लोड भएका ५ वटा ट्याक्टर केहि दिन अघिमात्र नियन्त्रणमा लिएको थियो । यस्तै मानखोला डिगियाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी लोड भएको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाएको थियो ।

त्यस्तै अहिले कुनै पनि खोला तथा नदीजन्य पदार्थको ठेक्का नखुलेको खण्डमा जति पनि नदिजन्य तथा माटोजन्य सामाग्री उत्खनन भइरहेको छ । त्यो सबै अवैध हुने भएकाले आफ्नो क्षेत्राधिकार पर्ने सबै खोला, नदी तथा सार्वजनिक जमिनमा निगरानी बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताएका छन् । साथै बुधवार नियन्त्रणमा लिएका ३ वटा टिप्परलाई विहिवार सार्वजनिक विदा परेकाले शुक्रवार कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]