Sidha Patra बिहिबार, पौष १५, २०७८

रोल्पा । गएराती देखि परेको हिमपातले गर्दा रोल्पाको गंगादेव गाउँपालिका भित्र सुरु भएको अर्धवार्षिक परिक्षा स्थगित गरिएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आज बिहान एक सुचना जारी गर्दै हिमपातका कारण गाउँपालिका भित्रका विद्यालयहरुमा जारी अर्धवार्षिक परिक्षा स्थगित गरिएको जनाएको हो ।

गाउँपालिका भित्र यहि पुस ११ गतेदेखि अर्धवार्षिक परिक्षा सुरु भएको थियो । आज पुस १५ र भोली पुस १६ गते दुइदिन परिक्षा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । आज र भोली स्थगित गरिएको परिक्षा पुस २० र २१ गते गरिने जानकारी दिईएको छ ।

गएराती देखि रोल्पा तथा सल्यानका अग्ला लेकहरुमा हिमपात भएको छ । सल्यानको खर्सुबास, गुराँसे, पातिहाल्न, बाँफुखोला, कुमाख लगाएतका लेक र त्यस आसपासका भु–भागमा हिमपात भएको छ ।

त्यसैगरी सल्यानसँग भु–भाग जोडिएको रोल्पा गंगादेव गाउँपालिकाको झ्याम, मनिमारे, घोप्टेओडार, लामाचौर, नाउली, ओत लगाएतका गाउँहरुमा पनि हिमपात भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]