रूपन्देही । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।
त्यस्तै बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे हिउँदे विदाबाट मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा आह्वान गरिएको हो । उपमहानगर अन्तरगत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु विहिबार र शुक्रबार बन्द रहने भएका छन् ।