
sbs
cjs
Srbpu
Pbu
Pes
Lnp
Gfs
Djs
Sgr
Unsku
pku
Rgp
Ggp
Rgp1

Sbs
Ggd
nsb
Asm
Gst
Pvg
Rgu
Wsp
Rgs
Ksm
Ssm
Tsm
Rgu
Vor
Bbbpu
Sls
Bbu
Hal
Rsb

Bml
Rpp
Rmb
Jmb
bbt
Abd
Syp
sab
Gsb
Ptm
Jmb
Pls
Mks
रुपन्देही (तिलोत्तमा)। भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ । प्रयोगशालामा परीक्षणका लागि आवश्यक साम्रगीको अभाव भएपछि कोरोनाको परीक्षण रोकिएको थियो ।
प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरिले किट सकिएको १ सातापछि १ हजार थान आइपुगेको बताए । उनले कीट अभाव भएपछि रोकिएको कोरोना परीक्षण पुन: सुरु हुने जानकारी दिए । किटले ८ सय सम्मको परीक्षण गर्न मिल्ने उनले बताए । ‘यसअघि आएको किटमा आवश्यक रसायन मिसिएरै आएकाले यहाँ केही थप काम नगरी परीक्षण गर्न मिल्ने थियो । यसपाली आएको किटमा रसायन मिसाउनुपर्ने भएकाले १ हजारले १ हजारलाई नै पुग्दैन,’उनले भने ।
किट आएसंगै स्वास्थ्य कार्यालय रुपन्देहीले पीसीआर परीक्षणका लागि शनिबार १ सय ९१ जनाको स्वाब संकलन गरेको छ । जिल्लाका ६ वटा पालिकाका क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । उनिहरु सबै भारतबाट आएका थिए। यस प्रयोगशालामा प्रदेश पाँचको विभिन्न जिल्लाबाट स्वाब संकलन गरी परीक्षणका लागि आउने गर्दछ ।
