दाङ । दाङमा एक अटोमा छुुटेकोे सात लाख रुपैयाँ चालकले यात्रुलाई फिर्ता गरेका छन् । जिल्लाको घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले अटोमा छोड्नुुभएको उक्त रकम फिर्ता गरेका हुन् ।
हिजो बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोला भित्र राखिएको सात लाख रुपैयाँ छोड्नुभएको थियो ।
छुटेको रकम अटोका चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गर्नुभएको हो । छुटेको रकम जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।