Sidha Patra मंगलबार, पुष १३, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६
गंगदीमा एक दिने लैङ्गकि समानताको लागि वडा स्तरीय जोडी तालिम सोमबार सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोकाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा वडाका जम्मा ५६ जना जोडाजोडीलाई तालिम दिइएको हो ।

त्यस्तै तालिम कार्यक्रमका प्रमुख अतिथि यादवले गाउँ,समाजमा महिला मात्र लैङ्गकि हिंसामा नपर्ने र पुरुषपनि पर्न सक्ने बताउनु भएको छ । कतिपय महिलाले पुरुषलाई गलत प्रविधिबाट हिंसामा पारिरहेको देख्छौं त्यसकारण सकेसम्म हामी महिला, पुरुषले एक अर्कालाई हिंसामा पार्न नहुने बताउनु भयो ।

यस्तै सो कार्यक्रमका अध्यक्ष रोकाले पुरानो परम्परालाई त्यागेर नयाँ प्रविधिलाई अंगालेर अघि बढनु पर्ने बताउनु भएको छ । त्यसैगरी उक्त कार्यक्रमलाई समापन गर्दै अध्यक्ष रोकाले भन्नू भयो । जोडी तालिमले जोडाजोडीलाई केही संस्कार र थप ज्ञान हासिल गराउन सकेको बताउनु भयो ।

यस्तै सो तालिमको प्रशिक्षणमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा (ठेडी) मगर,राजपुर गाउँपालिका महिला विकास शाखाका निरीक्षक सुनिता चौधरी,महिला विकास सामाजिक परिचालक कमला पुलामी रहनु भएको थियो ।

त्यस्तै यस अघि राजपुर गाउँपालिकको आयोजनामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानद्वारा मंसिर १५ गतेदेखि वडा नम्बर १,२,३,४,५ र ७ नम्बर वडामा सो तालिम सम्पन्न भैसकेको र सोमबार सोही कार्यक्रम अन्तरगत वडा नम्बर ६ को गंगदीमा सम्पन्न गरिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा (ठेडी)मगरले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा सदस्य दिलमती ओलि,संचार कर्मी मेगमन बुढा लगायतका बक्ताले आफ्नो भनाइ राख्नु भएको थियो भने कार्यक्रमको संचालन महिला विकास सामाजिक परिचालक कमला पुलामी रहनु भएको थियो । त्यसै यस अघिका कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेल,प्रशासन शाखा अधिकृत महेश थापा ठेडी मगर,पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम लगायत अन्य जनप्रतिनिधि,कर्मचारीको अनुगमन रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]