दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६
गंगदीमा एक दिने लैङ्गकि समानताको लागि वडा स्तरीय जोडी तालिम सोमबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोकाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तालिममा वडाका जम्मा ५६ जना जोडाजोडीलाई तालिम दिइएको हो ।
त्यस्तै तालिम कार्यक्रमका प्रमुख अतिथि यादवले गाउँ,समाजमा महिला मात्र लैङ्गकि हिंसामा नपर्ने र पुरुषपनि पर्न सक्ने बताउनु भएको छ । कतिपय महिलाले पुरुषलाई गलत प्रविधिबाट हिंसामा पारिरहेको देख्छौं त्यसकारण सकेसम्म हामी महिला, पुरुषले एक अर्कालाई हिंसामा पार्न नहुने बताउनु भयो ।
यस्तै सो कार्यक्रमका अध्यक्ष रोकाले पुरानो परम्परालाई त्यागेर नयाँ प्रविधिलाई अंगालेर अघि बढनु पर्ने बताउनु भएको छ । त्यसैगरी उक्त कार्यक्रमलाई समापन गर्दै अध्यक्ष रोकाले भन्नू भयो । जोडी तालिमले जोडाजोडीलाई केही संस्कार र थप ज्ञान हासिल गराउन सकेको बताउनु भयो ।
यस्तै सो तालिमको प्रशिक्षणमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा (ठेडी) मगर,राजपुर गाउँपालिका महिला विकास शाखाका निरीक्षक सुनिता चौधरी,महिला विकास सामाजिक परिचालक कमला पुलामी रहनु भएको थियो ।
त्यस्तै यस अघि राजपुर गाउँपालिकको आयोजनामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानद्वारा मंसिर १५ गतेदेखि वडा नम्बर १,२,३,४,५ र ७ नम्बर वडामा सो तालिम सम्पन्न भैसकेको र सोमबार सोही कार्यक्रम अन्तरगत वडा नम्बर ६ को गंगदीमा सम्पन्न गरिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा (ठेडी)मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा सदस्य दिलमती ओलि,संचार कर्मी मेगमन बुढा लगायतका बक्ताले आफ्नो भनाइ राख्नु भएको थियो भने कार्यक्रमको संचालन महिला विकास सामाजिक परिचालक कमला पुलामी रहनु भएको थियो । त्यसै यस अघिका कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेल,प्रशासन शाखा अधिकृत महेश थापा ठेडी मगर,पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम लगायत अन्य जनप्रतिनिधि,कर्मचारीको अनुगमन रहेको थियो ।