
Gsb
Ssb
Ppu
Rks
Ksb
Ksb
Bsn
Tgp
Usb
Fmb
jsb
Nsb
Rsb
Csb
Ksb
Ssb

Hl1
Ssb
Tsb
Gsb
Usb

Rgu
Nps
ptl
दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङले देउखुरीको गढवामा प्रबिधि संगै लोपोन्मुख पञ्चैबाजा बजाउने तालिम सुरुवात गरेको छ ।
कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षतामा एक बिशेष कार्यक्रमका बिच सोमवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बाजा बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले लोपोन्मुख पञ्चैबाजा कला संस्कृति संरक्षण गर्ने हेतुले बिगत २ बर्ष अगाडी गाउँपालिकाको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम मार्फत तालिम र केहि बाजा खरिदमा सहयोग गरिएको बताउनुभयो । यो तालिमले ब्यबहारीक रुप दिएको छ,रोजगारी पनि भएको छ भने संस्कृतिको संरक्षण पनि भएको छ–उहाँले भन्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय दाङले थप दक्षताका लागि प्रबिधि संगै सिप सिकाउन थालेकोमा अध्यक्ष यादवले प्रशंसा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले दलित समुदायले बजाउँदै आएको बाजामा ब्राम्हण,क्षेत्री,ठकूरी र चौधरीको समेत आकर्षणमा ब्यबहारिक प्रयोग भएको भन्दै छुवाछुत मुक्त गाउँपालिकाको अभियानलाई समेत यो कार्यक्रमले एक गतिलो उदाहरण दिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढाले सिप संगै रोजगार त्यसमा पनि प्रबिधि समेत हस्तान्तरण गर्ने घरेलु तथा साना उद्योगको यो कार्यक्रमले बाजा बजाउने संस्कृतिको बिकास गर्दै ब्यवसाय प्रबर्धन गरेको बताउनुभयो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका सदस्य दिनमणि आचार्य,गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल,होटल ब्यवसायि संघ गढवाका सचिव तिलक बहादुर पुन,कार्यपालिका सदस्य साबित्रा गहतराज,स्थानीय समाजसेवी रेशम बहादुर शाही,पत्रकार शिबराज पन्थी र दुखहरण यादव लगायतले घरेलु कार्यालयले सुरुवात गरेको यस्तो अभियानको प्रशंसा गर्नुभएको थियो । तालिम उद्घाटन समारोहको संचालन घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बिक्रम केसीले गर्नुभएको थियो ।
