दाङ । नेपाल रेडक्रस सोसायटी दाङद्धारा बिगत साढेचार बर्ष अगाडी देखि गढवा र राजपुरका १५ वटा वडाहरुमा संचालन गरिएको इन्कोर कार्यक्रमको सोमवार गढवामा समिक्षा सहित बर्हिगम कार्यशाला सम्पन्न भएको छ ।
रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको इन्कोर परियोजना मार्फत गढवा गाउँपालिका क्षेत्रमा गरिएका कार्यक्रमहरुको बिश्लेषणात्मक प्रस्तुति कार्यक्रम अधिकृत जगत तामाङले गर्नुभएको थियो ।
रेडक्रसले गढवा गाउँपालिकाका सबैजसो वडाहरुमा बिपद् प्रतिकार्यमा खट्नका लागि थुप्रै दक्ष जनशक्ति उत्पादन गरेको,कोभिड–१९ नियन्त्रण र रोकथाममा गाउँपालिकालाई बिशेष सहयोग गरेको,खानेपानी, सरसफाई तथा स्वच्छताका गतिविधिहरु संचालन गरेको,समुदाय स्तरमा आपतकालीन बिपद् प्रतिकार्य कोषहरु स्थापना गरेको,बिपन्न र सिमान्तकृत बर्गहरुमा जिविकोपार्जनका बिभिन्न गतिविधिहरु संचालन गरेको,सुरीषत आबास निर्माण र सर्पदंश उपचार केन्द्रलाई १७ लाख बराबरको भेण्टिलेटर उपलब्ध गराएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भयो । इन्कोर कार्यक्रमले गढवाको बिकास र समृद्धिमा करोडौ बजेट लगानी गरि ठूलो टेवा पुर्याएको भन्दै अध्यक्ष यादवले आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउन रेडक्रस दाङलाई अनुरोध गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,प्रशासन प्रमुख, जनप्रतिनिधीहरु, बिषयगत शाखाका प्रमुखहरु, गढवामा कृयाशिल सरकारी तथा गैह्र सरकारी संघसंस्था,नागरिक समाज,सुरक्षा निकाय,रेडक्रस दाङका सभापति,उपसभापति,मन्त्री र रेडक्रस कर्मिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रेडक्रस इन्कोर परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेलले गर्नुभएको थियो ।