
Ssb
Tgp
Rsb
Bsn
Csb
Ksb
Ppu
Fmb
Usb
Ksb
Ssb
Nsb
Rks
jsb
Ksb
Gsb

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
ptl
Rgu
दाङ । घोराही उपमहानगरपालिकाको १० औं नगर सभा बैठक सभासदहरुले बहिस्कार गरेका छन् । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमिता गर्नेलाई कारबार्हि गर, उपमहानगरलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाईदैन लगाएतका नारा लाउँदै बैठक बहिस्कार गरेका हुन् ।
सरसफाई शाखाको एउटा गाडी बिग्रीएर थन्किएको अवस्थामा पनि इन्धन प्रयोग भएको पाइएको थियो । यसका लागि उपमहानगरपालिकाले छानबिन समिति बनाएर सो समितिले प्रतिबेदन समेत बुझाइसक्दा समेत अनियमितामा संलन कर्मचारीमाथि कारबाही नभएका कारण सभासदहरुले नगरसभामै नाराबाजी गरेका थिए ।
त्यस्तै नगरमा भएका गलत कुराहरु पहिलेदेखि नै उठाइरहे पनि सुनुवाई नभएको भन्दै नगरसभा बैठक बहिस्कार गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभ भयो । बिग्रीएको गाडीमा तेल प्रयोग गर्नेलाई बारकाही हुनुपर्ने उहाँको अडान रहेको छ ।
यस्तै नगरसभा बहिस्कार गर्ने सभासदहरुले बैधानिक तरिकाले पुनः नगरसभा बैठक सञ्चालन गर्न समेत माग गर्दै उपमहानगरपालिकामा हस्ताक्षर सहितको निवेदन दर्ता गराएको वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारि दिनु भयो ।
