
Ggp
Sdc
Asbus
Ggp
Msbus
Ksbus
Lnp
Ksbus
Rgp

प्यूठान । आरडीटी परीक्षण गर्दा प्यूठानमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । २१ र ४३ वर्षका ती पुरुषहरुलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु गत बैशाख १३ गते काठमाण्डौ र म्याग्दीबाट घर फर्केका थिए।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको जानकारी दिए। शनीबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनिहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भएको समेत सुबेदिले बताए।
थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज पन्ध्रौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो। उनिहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ । उनिहरु प्युठान नगरपालिका वडा नंवर १ र २ का बासिन्दा भएको बताईएको छ।
