Sidha Patra शुक्रबार, पौष ०९, २०७८

दाङ । लुुम्बिनी प्रदेश स्तरिय (आई टि एफ) तेक्वान्दो प्रतियोगिता आजबाट घोराहीमा सुरु भएको छ । दाङ जिल्ला आई टि एफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगीतको उद्घाटन लुम्बिनी प्रदेशका कानुुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहुुनभएका मन्त्री घर्तीले खेलाडि राष्ट्रका गहना भएको भन्दै राज्यले अबसरको सृजना गर्नतर्फ अग्रसर भएको बताउनुु भएको छ । खेलकुदले राष्ट्रलाई उच्च बनाउन सक्ने भएकोले अहिलेका युवाहरु पनि राष्ट्रिय स्तरका खेलमा सहभागी हुनुपर्ने बताउनु भयो ।

त्यस्तै उहाँले खेल क्षेत्रको प्रबद्र्धनमा आवश्यक नीतिगत निर्णय र पूर्वाधारहरुको विकासमा प्रदेश सरकार लागिपरेका बताउनुुभयो । प्रतियोगितामा दाङ, बाँके, बर्दिया, अर्घाखाची, गुल्मी, कपिलबस्तुु, पाल्पा र रुपन्देही जिल्लाका गरि करिव २ सय ५० खेलाडि सहभागि रहेको दाङ जिल्ला आई टि एफ तेक्वान्दो संघका अध्यक्ष भिमबहादुुर थापाले जानकारि दिनुभयो । आउदो ९ औं राष्ट्रिय खेलकुुद प्रतियोगिता तयारीको लागि खेलीने खेलमा २० देखि ६० केजि सम्मका महिला र २० देखि ७० केजि सम्मका पुरुष खेलाडि विच प्रतिस्पर्दा हुुने छ ।

चौघेरा आई टि एफ तेक्वान्दो डोजाङका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सल्लाहकार मिनराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सल्लाहकार केशव गिरीले गर्नुभएको थियो । प्रतियोगिता आज र भोली संचालन हुुने आयोजकले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]