
Srbpu
Unsku
Lnp
pku
Ggp
Rgp
Pbu
Sgr

Sls
Hal
Sbs
Ksm
Rgs
Pvg
Vor
Ggd
Rsb
Asm
Wsp
Gst
Rgu
Rgu
nsb
Tsm
Ssm

Mks
Pls
Rpp
Ptm
Gsb
Syp
Bml
दाङ । गएको तीन आर्थिक वर्षमा विद्युतिय कसुर तथा साइवर अपराध सम्बन्धि करिव ४ सय मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएका हुन् ।
सबैभन्दा बढि आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६÷०७७ मा १ सय १७ र २०७७÷०७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएका छन् ।
३ सय ७२ मुद्दा उपत्यका र केन्द्रीय अनुसन्धान ब्युरोमा १५ वटा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । विशेषगरि सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्दाको सङ्ख्या बढि रहेको कुँवरले बताउनुभयो ।
सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग गरि साइवर अपराधका घटना पनि बढिरहेकाले सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।
