
Mbdvs
Gisld
Sds
Rbs
Pbu
mbd

nsb
Rgu
Hal
Ggd
Wsp
Rgs
Vor
Tsm
Rgu
Bbu
Gst
Rsb
Ksm
Asm
Sbs
Sls
Bbbpu
Ssm
Pvg

Syp
Gsb
Ptm
Rpp
Jmb
bbt
Jmb
Abd
Mks
sab
Bml
Rmb
Pls
दाङ । तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाई गरेको छ । ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाई गरिएको तुलसीपुर महोत्सवका संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाई अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो । सरसफाई अभियान टोलिले बस पार्कको आपसका क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन टेक्टर फोहर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।
त्यस्तै सरसफाईका क्रममा सडेगलेका फलफुलका बोक्रा, पलाष्टिक, चाउचाउ, गुट्का, बिस्कुट, लगाएतका खोल अन्य फोहरजन्य वस्तुहरु संकलन गरिएको थियो । सरसफई अभियानमा तुलसीपुर उपमहागनरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकाहरी लगाएतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिनुभयो ।
उद्योग,व्यापार, कृषी तथा पर्यटनको पर्वद्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेम्म ऐतिहासिक प्रथम तुलसीपुर महोत्सव सुरु हुँदै छ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकण गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव तुलसीपुरको घोराही रोडको उत्तर तर्फ खाली चौरमा हुँदै छ ।
