
Pbu
Unsku
Lnp
Rgp
Rgp1
Ggp
Srbpu
pku
Sgr

Ksm
Hal
Ggd
Rgs
Sbs
Bbbpu
Rgu
nsb
Pvg
Rgu
Gst
Vor
Wsp
Rsb
Sls
Tsm
Asm
Bbu
Ssm

Mks
Syp
Abd
Gsb
Ptm
Pls
sab
Bml
Jmb
Rmb
Rpp
Jmb
bbt
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३ ले वडाका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टोपी र च्येवन परास प्रदान गरी सम्मान गरिएको छ ।
वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पौष्टिक आहार प्रदान गरेको छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानो बच्चाको जस्तै परिवारको माया, ममता र स्याहारसुसारको आवश्यकता रहेको बताउनु भयो । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताउनु भयो ।
बृद्धहरूले पारिवारिक माया पाउनु नै सबै भन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानको सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयोग गर्न आग्रह समेत गर्नु भयो । वडा अध्यक्ष टेकलाल सापकोटाले बृद्ध बुवा,आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै जेष्ठ नागरिकहरूको हौसला बढाउन सम्मान गरिएको बताउनुभयो । यसरी बृद्धहरूलाई सधैँ आदर, सम्मान गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाले सम्मानित हुन छुट्नु भएका वृद्धहरुलाइ घरमै पुगी सो सामग्री प्रदान गरिने बताउनुभयो ।कामनाडेली
