दाङ । बिहीबार बेलुका बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ का ४३ बर्षीय युवराज चन्दको मृत्यु भएको छ ।
घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेका चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई पौने ८ बजेतिर तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही १६ मा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको थियो । ठक्कर दिने बोलेरो जिप र चालक दाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।