
Pbu
gst
Rbs
Ksm
Gmk
Anm
Sds
Gisld
mbd
Mbdvs

Sls
Rgs
Tsm
Hal
Vor
Ssm
Sbs
Bbu
Asm
Rgu
Wsp
Ggd
nsb
Bbbpu
Gst
Rgu
Pvg
Rsb
Ksm

Rmb
Mks
Bml
Ptm
sab
Jmb
Syp
Jmb
Gsb
Abd
Rpp
bbt
Pls
मनोविद । कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ। यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।
कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु , शरिरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुसहुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर, चिन्ता, पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् । बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन ।
यस्ता लक्षणहरु बिपति वा संकटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ। कोही कोहीलाई भने केही महिना वा वर्षपछि पनि अचानक लक्षणहरु देखापर्न सक्छन्।
समस्या कसरी कम गर्न सकिन्छ ?
मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले माथी भनिएका जस्ता लक्षणहरु समय बित्दै जादा आफै हराउदै जान्छन्।
केहिलाई भने लक्षण कमहुँदै जानुको सट्टा झन झन बढने पनि हुनसक्छ । जसले मनोसामाजिक समस्या वा मानसिक स्बास्थ्य समस्याको जोखिम बढेर जान्छ। यस्तो नहोस् भन्नका लागि स्वंय ब्यक्तिले आफ्नो शारीरिक स्बास्थ्यको साथै मनको स्याहारसुसारमा पनि बिशेष ध्यानदिनु जरुरी हुन्छ। जसलाई स्वहेरचाह भनिन्छ ।
आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?
१. करोनाको संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ। यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ। आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।
२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ। दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन। नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ।
३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरिरहने जस्ता व्यवहार गर्नुहुदैन।
४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको कामगरेर समय बिताउन सकिन्छ। परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
५. तनाब कम गर्न शारीरिक ब्यायम, योग, मेडिटेसन, श्वास प्रस्वासको ब्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्याउछ। तनाबको बेला पर्याप्त निदाउनु जरुरी हुन्छ।
६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ। जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या बढाउछ।
कोरोना असरले मानसिक स्बास्थ्यमा ल्याउन सक्ने समस्या :
१. एन्जाईटी – विभिन्न किसिमका डर – चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
३. मानसिक आघात – पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६.अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्याई रहने मानसिक रोग ।
७. जाँड रक्सि , लागू प्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखा पर्ने तनाब जन्य समस्या ।
यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ । प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति अनुसार कोहि चाडै सामान्य अवस्थामा फर्कन सक्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय पनि लाग्नसक्छ। धेरै जसो मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या देखिन सक्छ।
लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लाँगू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, ब्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
लकडाउको अबधिभरि फोन मार्फत निशुल्क मनोपरामर्श सेवाको व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।
लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन ।
