दाङ । लमही बजार मै बसेर कमाई गर्ने सुर्खेत कि ममता खड्का मौसम अनुसारको व्यापार गरेर महिनामा ३० देखि ५० हजार कमाउन सक्ने बताउछिन । खड्काको परिवार लमही बजारमा बदाम र भुटेको मकै बेचेर दिनमा दुई हजार देखि पच्चीस सयसम्म कमाउदै आएका छन् ।
बदाम प्रती प्याकेट रु ५० र भुटेको मकै प्रती प्याकेट रु २० ले बेच्ने गरेका छन् । ममताको परिवारमा दुई छोरो श्रीमान,श्रीमती चार जनाको परिवार रहेको छ । उनकी श्रीमान इन्डियामा काम गर्न जाने गर्थे, श्रीमती लमही मै मौसमी व्यापार गर्ने गर्दथे भने अहिले कोभिडले गर्दा सबै परिवार यतै छन् । कोहिले भुट्ने गर्छन् । कोहिले पेक गर्ने र बेचन जाने गरेको ममता बताउछिन । त्यसैगरि खड्काका परिवार लमहीको रातो डाँडामा कोठा भाडामा बस्ने गरेका छन् ।
खड्काले भने छोराहरुको पढाइले गर्दा हामी लमही बसेको पनि चार/पाँच वर्ष पुगि सक्यो । छोराहरु स्कुल समयमा स्कुल र अरु समय ब्यापारमा सघाउने गरेको उनी बताउछिन । खड्का कि जेठो छोरो मान सिंह खड्का १३ वर्ष पुगेका छन् । उनी अहिले कक्षा ६ मा र कान्छो छोरो बालबिर खड्का कक्षा ४ मा देउपुर आदर्श नमूना माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् ।
आमाले भुट्ने र पेक गर्दिने गर्छन् भने बुबाले लामो दुरिको गाडीहरूमा बेचेर जम्मा गरेको पैसाले हामीलाई पढ्ने र हाम्रो जिबिका गुजारा चलाउछौं,भनेर जेथो छोराले भने । फेरि ममताकी श्रीमानले पनि अर्काको देशमा गुलामी बन्नु भन्दा बरु यस्तै बाटोमै धुलो खाए पनि आफ्नै भुमी नै राम्रो छ भन्ने गरेका छन् ।
त्यसैगरि सबै नेपालीहरु ममता खड्का र जितबहादुर खड्काहरुको जस्तै परिश्रम गर्न सकेयौ भने किन बिदेश जानु पर्थ्यो ? आफ्नै देशमा दुख गरेर आफ्नै मातोमा सुन फलाउन सकिन्छ भएर सबै नेपालिले बुझ्न् जरुरी छ ।