
Rgp
Sds
cjs
Sgr
Pbu
Ggp
Djs
Pes
Rgp
pku
Srbpu
Gis
Rmb
Lnp
sbs
Unsku
Cps
Rgp1
Gfs

Gst
Ssm
Rgs
Rgu
Asm
Tsm
Wsp
Ggd
Bbu
Rgu
nsb
Sbs
Rsb
Sls
Vor
Hal
Bbbpu
Ksm
Pvg

bbt
Jmb
Mks
Jmb
Bml
Rpp
Rmb
Gsb
Syp
Ptm
sab
Abd
Pls
दाङ । लमही बजार मै बसेर कमाई गर्ने सुर्खेत कि ममता खड्का मौसम अनुसारको व्यापार गरेर महिनामा ३० देखि ५० हजार कमाउन सक्ने बताउछिन । खड्काको परिवार लमही बजारमा बदाम र भुटेको मकै बेचेर दिनमा दुई हजार देखि पच्चीस सयसम्म कमाउदै आएका छन् ।
बदाम प्रती प्याकेट रु ५० र भुटेको मकै प्रती प्याकेट रु २० ले बेच्ने गरेका छन् । ममताको परिवारमा दुई छोरो श्रीमान,श्रीमती चार जनाको परिवार रहेको छ । उनकी श्रीमान इन्डियामा काम गर्न जाने गर्थे, श्रीमती लमही मै मौसमी व्यापार गर्ने गर्दथे भने अहिले कोभिडले गर्दा सबै परिवार यतै छन् । कोहिले भुट्ने गर्छन् । कोहिले पेक गर्ने र बेचन जाने गरेको ममता बताउछिन । त्यसैगरि खड्काका परिवार लमहीको रातो डाँडामा कोठा भाडामा बस्ने गरेका छन् ।
खड्काले भने छोराहरुको पढाइले गर्दा हामी लमही बसेको पनि चार/पाँच वर्ष पुगि सक्यो । छोराहरु स्कुल समयमा स्कुल र अरु समय ब्यापारमा सघाउने गरेको उनी बताउछिन । खड्का कि जेठो छोरो मान सिंह खड्का १३ वर्ष पुगेका छन् । उनी अहिले कक्षा ६ मा र कान्छो छोरो बालबिर खड्का कक्षा ४ मा देउपुर आदर्श नमूना माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् ।
आमाले भुट्ने र पेक गर्दिने गर्छन् भने बुबाले लामो दुरिको गाडीहरूमा बेचेर जम्मा गरेको पैसाले हामीलाई पढ्ने र हाम्रो जिबिका गुजारा चलाउछौं,भनेर जेथो छोराले भने । फेरि ममताकी श्रीमानले पनि अर्काको देशमा गुलामी बन्नु भन्दा बरु यस्तै बाटोमै धुलो खाए पनि आफ्नै भुमी नै राम्रो छ भन्ने गरेका छन् ।
त्यसैगरि सबै नेपालीहरु ममता खड्का र जितबहादुर खड्काहरुको जस्तै परिश्रम गर्न सकेयौ भने किन बिदेश जानु पर्थ्यो ? आफ्नै देशमा दुख गरेर आफ्नै मातोमा सुन फलाउन सकिन्छ भएर सबै नेपालिले बुझ्न् जरुरी छ ।
