
Ksbus
Ksbus
Rgp
Msbus
Ggp
Lnp
Asbus
Sdc
Ggp

बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीन दिन सम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय/सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन तीन दिन नगर क्षेत्र निषेधित घोषणा गरेको हो ।
बैठकले मंगलबार बिहान ११ बजे देखि बैशाख २५ गते मध्य रातिसम्म नगर क्षेत्र निषेधित गर्न सिफारिस गरेको हो । उक्त अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिनेवाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय बैठकले गरेको छ।
यस्तै बैठकले कोरोना संक्रमणबारे गलत सूचना फैलाउनेको खोजि गरी कानुन अनुसार कारबाही गर्ने तथा नेपालगञ्ज मेडिकल कलेज नजिक रहेको सब्जिमण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।
