
Rgp
Ggp
ksb
Jns
Ggp
lnp
Sgp
Lnp
Rgp
Asb
Rgp
Pbu
Usb
Lks
Dus
Rgp
Dbs


दाङ । दाङको घोराहीबाट सञ्चालित खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल मंसिर १४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको खोज रफ्तार डट कमले पहिलो बर्ष पुरा गरेर दोस्रोे बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पुर्याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहिन नागरिकहरुका आवाज बोल्ने उदेश्यका सर्वप्रिय मिडिया हाउस प्रालिले खोज रफ्तार डट कम सञ्चालन गरेको हो ।
डिजिटल अनलाईन खोज रफ्तार डट कमले आवाज विहिनका आवाज बोल्नुका साथै नागरिकलाई सुसुचित र खबरदारी गर्ने काम गरिरहेको सर्वप्रिय मिडिया हाउस प्रालिका अध्यक्ष हेमराज नेपाली परिवर्तनले जानकारी दिनुभयो । अहिलेको परिबेशमा नागरिकहरु निरन्तर सुचना प्राप्त गर्न चाहाने र यसका लागि सबैभन्दा छिटो, छरितो र भरपर्दो माध्यम अनलाईन भएको उहाँको भनाई छ ।
देशभर कोरोना भाइरसको जोखिम कायमै रहेकाले बार्षिक उत्सवको अबशरमा औपचारिक कार्यक्रमको आयोजना नगरिएको उहाँले जानकारी दिनुभयो । उहाँले खोज रफ्तार डट कम परिवार बसेर एक बर्षको अबधिमा गरेका कार्यहरुको समिक्षा सहित आगामी योजनाका बारेमा छलफल गर्ने बिशेष कार्यक्रमको आयोजना गरिएपनि औपचारिक कार्यक्रम भने नगरिएको जानकारी दिनुभयो ।
खोज रफ्तार डट कमले स्थानिय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगाएत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ । साथै पहिलो बार्षिकोत्सवको अबशरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको खोज रफ्तार डट कमले जनाएको छ ।
