
Csb
Usb
Ksb
Rks
jsb
Fmb
Rsb
Ksb
Tgp
Ssb
Gsb
Nsb
Bsn
Ksb
Ppu
Ssb

Ssb
Usb
Gsb
Hl1
Tsb

Rgu
Nps
ptl
सुर्खेत । नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ। मृतकहरुको सनाखत भइसकेको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
