
Rks
Csb
Gsb
Tgp
jsb
Fmb
Ssb
Ksb
Nsb
Usb
Rsb
Ksb
Ssb
Ksb
Ppu
Bsn

Ssb
Hl1
Gsb
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । लामो समय देखी अलपत्र परेको घोराही तुलसीपुर फोरलेन सडक निर्माणको काम अब निर्माण कम्पनी आफैले अघि बढाउने भएको छ । निर्माणको जिम्मा लिएको भारतिय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेले पेटी ठेकेदार सँगको सम्झौता भंग गरि अब आफैले काम गर्ने बताउनुुभएको हो ।
फोरलेन सडक बनाउने सम्झौता भएको ३३ महिना पछि आज घोराहीमा सडक कार्य सुुभारम्भ कार्यक्रमको आयोजना गरि प्रोजेक्टले निर्माण कार्यमा भएको ढिलाई र अस्तव्यस्त प्रति क्षमा समेत मागेको छ ।
प्रोजेक्टका निर्देशक पाण्डेले पेटि ठेकेदारले आफुहरुलाई गलत सूचना दिएका कारण यो अबस्था आएको भन्दै अब आफैले काम गर्ने र एक बर्ष भित्र सडक निर्माणको काम सक्ने प्रतिबद्धता जनाउनुुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अब पनि ढिलाई भए अबरोध र ढिलाई गर्ने जो कोहीलाई कानुन अनुसार कार्वाही गर्ने चेतावनी दिनुुभयो । स्थानिय प्रशासनले फोरलेन सडकको कार्य प्रगतीमा दैनिक एक घण्टा चासो दिने पनि बताउनुुभयो ।
कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फोरलेन सडक अस्तव्यस्त भएकै कारण सवारी दुर्घटनामा परि १२ जनाले ज्यान गुुमाएको जानकारी दिनुुभयो । सडक निर्माणमा चरम लापर्वाही देखिएको र अब पनि लापर्वाही गर्ने, ढिलासुुस्ती गर्ने र अबरोध गर्नेलाई कार्वाही गर्ने उहाँको भनाई छ ।
त्यसैगरी, नेपाली कांग्रेस दाङका सभापती किर्तीबहादुर खड्का, नेकपा माओबादी केन्द्रका सदस्य उमाकान्त खनाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुुर्गालाल केसी, परामर्शदाता इश्वरीप्रसाद हुुमागाँईले सडक निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने बेला सुुभारम्भ गर्नु लज्जाको बिषय भएको बताउनुुभयो ।
३३ महिना पहिले निर्माणको सम्झौता भएको फोरलेन सडकमा अहिले सम्म ७ प्रतिशत मात्रै काम भएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीका इन्जिनियर विजय पाठकले जानकारी दिनुुभयो ।
अबको एक साता भित्रबाट रातदिन ४ सय निर्माण मजदुरहरु सडकमा खटिने समेत उहाँको भनाई छ । साथै निर्माण कम्पनीले पेटि ठेकेदारहरुको बदमासीका कारण ठगिएका मजदुुरहरुलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
