शिवराज खनाल शुक्रबार, मंसिर १०, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ कक्रहवा सोताको नजिकै एउटा बस्ती छ । बस्तीमा खोला केही भागमा तटबन्ध पनि गरिएको छ । तर त्यही कक्रहवा सोतामा मनोमानी तरिकाले ढुंगा ढुवानी गरेको भन्दै स्थानियले आक्रोश पोखेका छन् ।

त्यस्तै गाँउपालिकाले स्थानिय सँगको समन्वय बिना रोयल्टी काट्दै अनुमती दिने र मनोमानी तवरबाट ढुँगा उत्खनन् गरेको प्रती आपत्ती जनाएका हुन । स्थानियले कक्रहवा सोताबाट कुनैपनि नदिजन्य पदार्थ उत्खनन्का लागि बन्द गरेका थिए । तर गाउँपालिकाले सहमती बेगर धमाधम रसिद काट्दै अनुमती दिँदै गरेको पाईएको छ । गाउँपालिकाको रसिदका कारण प्रहरी प्रशासन पनि मौन छ ।

जथाभाबी उत्खनन् गर्दा बर्खायाममा गाउँमा बाढी पस्ने चिन्ता स्थानियको छ । गाउँ र सोता एकै सतहमा छन । सोताको किनारमा तट्बन्द त छ तर पुरै गाउँलाई जोगाउने पूरा तट्बन्द छैन ।

तट्बन्दको पुर्बी भागबाट गाउँमा बाढी पस्ने गरेको स्थानिय साबित्रा पुन मगरको भनाइ छ । कक्रहवा सोता सामुदायिक बन क्षेत्र भित्र पर्ने भएकाले पनि स्थानिय बनले यसतर्फ चासो देखाएको छ । बनका पदाधिकारी, स्थानिय उपभोक्ता लगायतको टोलीले बिहिबार सोताको अनुगमन गरेको छ ।

यस्तो कार्य तत्काल रोक्नुपर्ने र अटेरी गरे चरणबद्द आन्दोलनमा जाने मनिकापुर बगाले बिसौना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर आले मगरले बताए । खोला नजिकैको बस्ती बचाउन यस तर्फ सम्बन्धित निकायले चासो दिन जरुरी देखिन्छ । हेर्नुस् गाउँपालिकाले दिएको अनुमतिपत्र

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]