दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ कक्रहवा सोताको नजिकै एउटा बस्ती छ । बस्तीमा खोला केही भागमा तटबन्ध पनि गरिएको छ । तर त्यही कक्रहवा सोतामा मनोमानी तरिकाले ढुंगा ढुवानी गरेको भन्दै स्थानियले आक्रोश पोखेका छन् ।
त्यस्तै गाँउपालिकाले स्थानिय सँगको समन्वय बिना रोयल्टी काट्दै अनुमती दिने र मनोमानी तवरबाट ढुँगा उत्खनन् गरेको प्रती आपत्ती जनाएका हुन । स्थानियले कक्रहवा सोताबाट कुनैपनि नदिजन्य पदार्थ उत्खनन्का लागि बन्द गरेका थिए । तर गाउँपालिकाले सहमती बेगर धमाधम रसिद काट्दै अनुमती दिँदै गरेको पाईएको छ । गाउँपालिकाको रसिदका कारण प्रहरी प्रशासन पनि मौन छ ।
जथाभाबी उत्खनन् गर्दा बर्खायाममा गाउँमा बाढी पस्ने चिन्ता स्थानियको छ । गाउँ र सोता एकै सतहमा छन । सोताको किनारमा तट्बन्द त छ तर पुरै गाउँलाई जोगाउने पूरा तट्बन्द छैन ।
तट्बन्दको पुर्बी भागबाट गाउँमा बाढी पस्ने गरेको स्थानिय साबित्रा पुन मगरको भनाइ छ । कक्रहवा सोता सामुदायिक बन क्षेत्र भित्र पर्ने भएकाले पनि स्थानिय बनले यसतर्फ चासो देखाएको छ । बनका पदाधिकारी, स्थानिय उपभोक्ता लगायतको टोलीले बिहिबार सोताको अनुगमन गरेको छ ।
यस्तो कार्य तत्काल रोक्नुपर्ने र अटेरी गरे चरणबद्द आन्दोलनमा जाने मनिकापुर बगाले बिसौना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर आले मगरले बताए । खोला नजिकैको बस्ती बचाउन यस तर्फ सम्बन्धित निकायले चासो दिन जरुरी देखिन्छ । हेर्नुस् गाउँपालिकाले दिएको अनुमतिपत्र