शिबराज पन्थी/गढवा बुधबार, मंसिर ०८, २०७८

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले अपांगता भएका नागरिक र उनका घर परिवारलाई ब्यवसायमा प्रेररीत गर्न थालेको छ । पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ब्यवसाय सुधार तथा सुरुवात सम्बन्धि ३ दिने तालिमको बुधवार उद्घाटन गर्नुभएको छ ।रिड नेपालको सहयोगमा नेपालमा अपांगता बिपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत वडानं.६ मा यो कार्यक्रम गर्न थालिएको पुस्तकालयले जनाएको छ । पहिलो चरणमा २५ जना अपांगता भएका नागरिकहरु र उनिहरुका घर परिवार छनोट गरि ब्यवसाय सुरुवात र सुधारको सचेतना प्रदान गरिने र दोश्रो चरणमा १० जना सबल ब्यवसायिहरु छनोट गरि पुनः ३ दिने प्रशिक्षण संचालन गर्ने योजना रहेको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो ।

तेश्रो चरणमा छानीएका १० ब्यवसायिहरुलाई केहि आर्थिक सपोर्ट गरिने र उनिहरुको आयआर्जन र आत्मनिर्भरताको बाटो देखाउने पुस्तकालयको कार्यक्रम रहेको बताइएको छ । अपांगता भएका नागरिक र अपांगता भएका परिवारलाई आयआर्जन गरि आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको पुस्तकालयले जनाएको छ । तिन दिनसम्म संचालन हुने ब्यवसाय सुधार तथा सुरुवात तालिमको सहजिकरण नेपाल रेडक्रसका देवि प्याकुरेल र थानेश्वर पोखे्रलले गर्नु भएको छ ।यस अघि उक्त सामुदायिक पुस्तकालयले अपांगता भएका कोभिड प्रभावित नागरिक र अति बिपन्न तथा सिमान्तकृत समुदायका वडा कार्यालयले सिफारिस गरेका दुइ चरणमा गरि डेढ सय बढी नागरिकहरुलाई खाद्यान्न लगायतका राहात सामाग्रीहरु प्रदान गरेको पुस्तकालयका ब्यवस्थापक मिना भट्टराईले जानकारी दिनुभयो । पुस्तकालयका सचिव शिबराज पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक मिना भट्टराईले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]