
Gisld
Mbdvs
Sds
Pbu
Rbs
mbd

Rgs
Rgu
Sls
Gst
Bbu
nsb
Pvg
Tsm
Asm
Vor
Hal
Sbs
Rgu
Ssm
Wsp
Ksm
Bbbpu
Ggd
Rsb

Mks
Bml
bbt
Syp
Abd
Ptm
sab
Gsb
Pls
Jmb
Rpp
Rmb
Jmb
काठमाडौ।बाँके जिल्लाको नेपालगन्जमा आइतबार एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ।
सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला छन् । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार रुपन्देहीको कोटहिमाई गाउँपालिकाका २५ वर्षीय युवक र बाँकेको नेपालगञ्जको एक मस्जिदमा ६० वर्षीय पुरुषलाई कोरोना संक्रमण देखएको थियो । यो संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ।
