दाङ । बैदेशिक रोजगारीमा गै कोभिड प्रभावित भएर बेरोजगार भएर स्वादेश फर्किएका एकसय जना युवाहरुलाई सिसा परियोजनाले उद्यम बिकासकालागि कृषि यन्त्रमा सहयोग गर्ने भएको छ । दाङ,बाँके,बर्दिया,कैलालि र कञ्चनपुर गरि पाँच जिल्लाबाट छनोट गरिएका एकसय युवाहरुलाई उद्यम बिकासमा प्रेरित गर्न यो कार्यक्रम संचालन गरिएको शिसा परियोजनाका इन्जीनियर ज्योति राइले जानकारी दिनु भयो ।
जस अनुसार दाङ जिल्लाबाट पाँच जना युवाहरुलाई कृषि यान्त्रिकरण उद्यमबाट पे्ररीत गर्न थालीएको छ । स्थानीय सरकारसंग समन्वय गरेर कष्टम हायरिङ सेण्टरसंग पहुँच बढाउन मद्दत गरेको परियोजनाले जनाएको छ । युवाहरुलाई कृषि उद्यम बिकासतर्फ प्रेरीत गर्न सस्तो ब्याजमा कृषि ऋण उपलब्ध गराउन बैंकहरुसंग सहजीकरण पनि गर्दै आएको परियोजनाका लेखनाथ अधिकारीले जानकारी दिनुभयो । परियोजना मार्फत बाली कटानका लागि समेत ५० प्रतिशत अनुदानमा किसानहरुलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको गाउँपालिका तथा कृषि यन्त्र ब्यवसायिहरुको बिच भएको अन्तरक्रिया तथा समन्वय बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,कृषि शाखाका प्रमुख कर्ताराम यादव,बिषयगत शाखाका प्रमुख र केहि जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शिसा परियोजनाका जंगबहादुर गुरुङ र ओंम प्रकाश चौधरीले गर्नुभएको थियो । परियोजनाले चालु अर्थिक बर्षदेखि नवलपरासी जिल्लामा पनि कार्यक्रम सुरुवात गर्न थालीएको कार्यक्रममा जानकारी गराइएको थियो ।