
dpm
Dbc
Amb
Pbu
Snmbs
Mbf
rgs
Gesld
Ges
Sdc
Snmbs
snmbs
Dpm


बागलुङ । जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । घुम्टे समुद्री सतह देखि ३ हजार २ सय फिटको उचाईमा अवस्थित छ । पौराणिक काल देखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौं श्रद्वालु भक्तजनहरु पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गर्दथे । यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको छ ।
विश्व नै कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट प्रभावित भईरहेको अवस्थाले नेपाल अहिले लक डाउन छ । कोरोना संक्रमण फैलिन नदिन देशैभर सावधानी र सतर्कता अपनाईएको छ । नेपाल सरकारले घोषणा गरेको लक डाउनलाई मध्यनजर गरि प्रत्येक वर्ष गलकोटको घुम्टेमा लाग्ने वैशाख पुर्णिमा मेला यस वर्ष भनें स्थगित गरिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि वैशाख पुर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पुर्ण पुजाआजा र मेला स्थगित गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । देश लक डाउनमा रहेको र कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि मेला स्थगित गरिएको अध्यक्ष बस्नेतले बताए । यस वर्ष पुर्णिमा वैशाख २४ गते परेको छ । हरेक वर्ष वैशाख पुर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टेमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पुजाआजा गर्न बागलुङ जिल्ला सँगै छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायतका जिल्लाबाट हजारौं हजार श्रद्वालु भक्तजनहरु त्यहाँ पुग्ने गर्दथे । केन्द्रले यस वर्ष बुद्व जयन्ती अर्थात वैशाख पुर्णिमाको दिन वैशाख २४ गते घुम्टेमा नजान सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई अपिल समेत गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । पुर्णिमा दिन गरिने पुजाआजालाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथि मिती अनुसार निरन्तरता दिईने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । केन्द्रले यस अघि नै लकडाउनको समयमा घुम्टेमा नजानको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गलकोट नगरपालिका वडा नं ५ को टेउवा र हरिचौर बजार वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन उच्च निगरानी गरिने केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिए ।
लक डाउनको समयमा घुम्टेमा पुजाआजा रोकिदा श्रद्धालु भक्तजनहरुमा पर्न गएको असुविधा प्रति केन्द्रले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ । यता बुद्व जयन्तीको अवसरमा घुम्टे प्राकृतिक तथा सांस्कृतिक मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना गर्दै आईरहेको वैशाखे पुर्णिमा मेला पनि स्थगित गरिएको छ । लक डाउन र विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेला स्थगित गरिएको संस्थाले जनाएको छ ।
