Sidha Patra सोमबार, मंसिर ०६, २०७८

दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार ७ बजेको समयमा घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।

त्यस्तै पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी ३१ वर्षिय महेन्द्र खड्का र राजपुर गाउँपालिका ६ निवासी ३८ वर्षिय सूर्य बहादुर चौधरी रहेका छन् । रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याउदै गरेको आंशकाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला र विभिन्न कम्पनीका मोबाइल सेट ३ थान बरामद गरेको प्रहरीले बताएको छ ।उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]