दाङ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को मुर्कुटिबाट सिटिजन बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । हिजो एक कार्यक्रमको आयोजना गरि बैंकिङ सेवा सुरु गरिएको हो ।
सिटीजन बैंक बंगलाचुलिका शाखा प्रमुख सुनिल बमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलिको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समितिका सदस्य खिम बहादुर घर्तीको विशिष्ट आतिथ्यतामा बैंक शाखाको उद्घाटन गरिएको छ ।
त्यस अबसरमा वडा नम्बर ५ का वडा अध्यक्ष एनुराज खत्री, सुधा माध्यामीक विद्यालय झेल्नेटाका अध्यक्ष कासिराम ओलि बैंकका कर्मचारी सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त उद्घाटन कार्यक्रमको सहजिकरण दल बहादुर खत्रीले गर्नुभएको थियोे ।
त्यस्तै स्थानीय वर्षा स्टोरका सञ्चालक शरदजित ओलिले बैंकसंग सम्वनय गरि शाखा संचालनमा ल्याउनुभएको छ । उक्त बैंक मार्फत खाता खोल्ने, पैसा झिक्ने, जम्मा गर्ने, भत्ता बितरण गर्ने कर्जा प्रभा गर्ने लगायतको काम हुने सञ्चालक वलीले जानकारी दिनु भएको छ । बैंकको शाखा विस्तार भएसंगै स्थानीय नागरिकलाई बैंक सम्बन्धी कारोवार गर्न सहज हुने अपेक्षा गरिएको छ ।