
Usb
Asb
Dbs
ksb
Ggp
lnp
Rgp
Lnp
Dus
Pbu
Jns
Rgp
Rgp
Lks
Rgp
Sgp
Ggp


दाङ । नेपाल संजिवनी इन्सिटीच्यूट अफ हेल्थ सायन्स प्राली घोराहीमा एच.ए तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले गढवा गाउँपालिकाका चार गाउँहरुको स्वास्थ्य अवस्थाबारे सुच्छम अध्ययन गरि एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन् ।
गढवा गाउँपालिकाका अध्यक्ष,स्थानीयवासी र स्वास्थ्य प्रमुखहरुलाई आमन्त्रण गरि देउखुरी सामुदायिक पुस्तकालयमा एक कार्यक्रमबिच गढवाका हाँसीपुर,मनिकापुर, आँटीपाकर र कुमालगाउँको स्वास्थ्य अवस्थाका बारेमा आफ्नो अध्ययन सार्बजनिक गरेका हुन् ।
सो इन्स्टिीचयूटमा अध्ययनरत बिद्याथीहरुले झण्डै डेढ महिना सामुदायिक तथ्यांक प्रस्तुत गरि गढवा गाउँपालिकाको स्वास्थ्य शाखालाई सजग गराएका छन् । उनिहरुले समूदाय स्तरमा १५० घरहरुमा तथ्यांक लिई सामुदायिक स्वास्थ्य सचेतना प्रबाह गरेका छन् भने स्थानीय सरकारलाई पनि स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका छन् ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादव,स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी,गढवा स्वास्थ्य चौकी प्रमुख रुपनारायण चौधरी लगायत स्थानीय संघसंस्था र समूदायलाई आमन्त्रण गरि सचेतना सन्देश दिएको द्यिार्थीहरुले बताएका छन् ।
कर्यक्रममा खानेपानीको सुद्धताको अवस्था,उच्च रक्तचाँप र यसबाट बच्ने अवस्था,सर्ने र नसर्ने रोगहरुको अवस्था,स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको अवस्था र पोषण, कुपोषण, कोभिड, झाडा पखाला,भाइरल लगायतका रोगहरुका बिषयहरुमा स्थलगत अध्ययनबाट संकलन गरिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो इन्सिच्यूटले गढवालाई रोजेर स्वास्थ्य अवस्थाको अध्ययन तथा ओजेटी गर्न पठाएकोमा धन्यवाद दिनु भएको थियो ।बिद्यार्थीहरुको समूहले सुच्छम अध्ययन गरि प्रस्तुत गरेको स्वास्थ्य अवस्थाको तथ्यांकलाई गाउँपालिकाले मनन गर्दै स्वास्थ्य अवस्था सुधारका लागि थप कामहरु अगाडी बढाउने उहाँले बताउनुभएको थियो ।
