
Ssb
Gsb
Csb
Ppu
Nsb
Ksb
Bsn
Usb
Tgp
Ssb
Rsb
Ksb
Ksb
Fmb
Rks
jsb

Tsb
Gsb
Hl1
Usb
Ssb

ptl
Nps
Rgu
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देउखुरी क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा ल्याउने कार्यपनि उत्तिकै प्रथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उहाँले बताउनु भयो ।
शुक्रवार देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अधिकारी रेग्मीले स्थानीयहरुको जिज्ञासा र सल्लाह सुझावलाई चिक्त बुझ्दो जवाफ दिदैँ, सबैको सहयोग भएमा मात्रै जिल्लामा राम्रो काम गर्न सकिने बताउनु भयो । त्यस्तै उहाँले अझ देउखुरी क्षेत्रमा कोइलाबास भन्सार देखि लिएर भारतसंग जोडिएका थुप्रै नाकाहरु रहेकाले शान्ती सुरक्षाको सतर्कता बढाउने र थप कडाइ गर्ने बताउनु भयो ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले समग्र देउखुरी क्षेत्रकै विकासमा अतुलनिय योगदान पुर्याउन आग्रह गर्दै, लमहीमा व्यवस्थित अटो भिलेज स्थापना गर्नको निम्ती सम्बन्धीत निकायसंग पहल गर्न अनुरोध गर्नु भयो । यसभन्दा पहिले हाम्रो टिम लमहीमा व्यवस्थित अटोभिलेज निर्माणको निम्ती अहोरात्र खटेका थियौं । कारणबस निर्माणधिन अटोभिलेजको काम बन्द भएको छ ।
त्यसैले पुनः सुचारु गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउदछु, उद्योग अध्यक्ष खनालले भन्नु भयो । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका कोषाध्यक्ष केशवराज पोख्रेलले सहमति र सहकार्यबाट यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले कार्यक्रममा विकासमा सबै एकजुट भएर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तै बजार व्यवस्थापनमा स्थानीय सरकारले चासो नराखेको भन्दै लमहीका स्थानीय व्यापारीलेहरुले कुरुप बन्दै गएको लमही बजार व्यवस्थापनमा चासो दिन आग्रह गरेका छन् । सुर्खेतबाट सरुवा भइ दाङ जिल्लामा आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लमहीका स्थानीय व्यापारीहरुले लमही नगरपालिकाले पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजार व्यवस्थापनमा कुनै पनि चासो नदेखाएको भन्दै बजार व्यवस्थापनमा सक्रिय भुमिका खेलिदिन प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै स्थानीय व्यापारीहरुले सवारी पार्किङ्को व्यवस्थापन नहुदाँ दिनप्रति दिन दुर्घटना बढ्दै गएको भन्दै, व्यवस्थित पार्किङ् लमही बजारमा मौलाउदै गएको छाडा पशुचौपाय व्यवस्थापनमा चासो दिन आग्रह गरेका हुन् । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेल, रेडियो हाइबेका प्रबन्धक निर्देशक केपी घिमिरे लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण देउखुरी उद्योग बाणिज्य संघ लमहीका प्रेस संयोजक प्रिया स्मृती गजमेरले गर्नुभएको थियो ।
निरन्तर लमहीबाट कामकाज सुरु
सुर्खेतबाट सरुवा भइ दाङ आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलेको कामलाई निरन्तरर्ता दिने बताउनुभयो । तत्कालिन प्रजिअ रामवहादुर कुरुम्बाङले दाङको तुलसिपुर, घोराही र लमहीमा पुगेर आफूले सेवा प्रदान गर्दै आउनु भएको थियो । सोही तालिका अनुसार प्रत्येक शुक्रबार लमही, तुलसिपर बुधवार र अन्य दिन घोराही क्षेत्रमा रहेर आफूले सेवा प्रदान गर्ने बताउनुभयो । शुक्रवार इलाका प्रशासन कार्यालय लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात गर्नुभएको छ । उहाँले तीनवटै क्षेत्रमा रहेर जनताको सेवामा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
