Sidha Patra शनिबार, मंसिर ०४, २०७८

मंसिर ३ – काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ ।

त्यस्तै खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो । तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए ।अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए ।

यस्तै राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए । त्यसपछि भगवान विष्णुले राहुलाई तत्काल शीर छेदन गरी हत्या गरे । तर अमृत पानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो । सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ धर्मशास्त्र अनुसार ।

तर विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ ।

चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।यो पटक कार्तिक पूर्णिमा नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो ।

सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ । एजेन्सीको सहयोगमा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]