
Usbl-7
Csbg-7
Msbg-2
Rksr-7
Pbu
Gsbg-3
Jsbr-3
ksbl-7
Gsbr-6
Jsbg-7


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवा गाउँमा मिनु पुनको घर भत्काउने क्रममा आज घरको गाह्रो भत्किदा ३ जना घाइते भएका छन् ।
सोही ठाउँका ३२ वर्षिय किरण चौधरी, ३१ वर्षिय कमल थापा र पिमबहादुर परियार घाइते भएका हुन् । नयाँ घर बनाउनका लागी पुरानो कच्चि घर भत्काउने क्रममा ३ जना घाईते भएका हुन् । घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
