Sidha Patra शुक्रबार, मंसिर ०३, २०७८

दाङ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा ५७ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

न्यायिक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले चालू आर्थि वर्षको चार महिनाको अवधिमा ५७ वटा मुद्दा  दर्ता भएको जानकारी दिनु भएको छ ।

यसरी दर्ता भएका मुद्दा मध्ये ११ वटा मिलापत्र भइसकेका छन् भने ४६ वटा मुद्दा प्रक्रियामा रहेको उहाँको भनाइ छ । सबैभन्दा बढी जग्गा रोक्काका २३ वटा मुद्दा दर्ता भएको जनाइएको छ । जसमा ५ वटा मिलापत्र भइसकेको र १८ वटा प्रक्रियामा रहेका छन् । समितिमा लेनदेनका ६ वटा मुद्दा दर्ता भएका थिए । जग्गा विवाद सम्बन्धी ११ वटा परेकोमा २ वटा मिलापत्र भएको र ९ वटा प्रक्रियामा छन् ।

त्यसैगरी घरेलु हिंसा सम्बन्धी ६ वटा मुद्दा दर्ता भएकोमा परेकोमा २ वटा मिलापत्र भएको र ४ वटा प्रक्रियामा छन् । समितिमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका एक सय ५ वटा मुद्दा मध्य हालसम्म १२ वटा मुद्दा मिलापत्र भएको र ९३ वटा मुद्दा  प्रक्रियामा रहेको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]