
Usb
Tgp
Fmb
Ssb
Rsb
Ppu
Ssb
Bsn
Ksb
Csb
Gsb
Rks
Ksb
jsb
Nsb
Ksb

Usb
Gsb
Ssb
Hl1
Tsb

Rgu
ptl
Nps
दाङ । सडक मर्मतका क्रममा बिहीबार जेसिबि दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मत गर्ने क्रममा जेसिबि दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका २२ वर्षिय चालक सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको थियो । यस्तै उक्त दुर्घटनामा सहचालक बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनु भयो । घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने अध्यक्ष वलीले बताउनु भयो ।
