
Pbu
Mbdvs
Ksm
mbd
Anm
Rbs
Sds
Gmk
gst
Gisld

Vor
Rgu
Rgu
Rsb
Tsm
Ssm
Bbu
Ggd
nsb
Pvg
Rgs
Asm
Wsp
Bbbpu
Sls
Hal
Ksm
Gst
Sbs

sab
bbt
Jmb
Gsb
Syp
Bml
Rmb
Abd
Mks
Ptm
Rpp
Pls
Jmb
काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा बिभिन्न स्थानमा मजदुर लक्षित सामुहीक मेस सञ्चालनमा ल्याईएको छ ।लगातारको लकडाउनले काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्नहरुलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सामुहिक मेस संचालन गरिएको हो।
राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला शहरी विकास राज्यमन्त्री मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा सामुहिक मेस सञ्चालनमा आएको हो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियान जारी छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पु¥याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए । मन्त्री मानन्धरले विभिन्न स्थानमा सञ्चालित मेसमै पुगेर आफु पनि मजदुर मजदुरहरुसँगै खाना खाने र आवश्यक सहयोगको पहल गर्ने गरेका छन्। शुक्रबार मन्त्री मानन्धरले सबै मेसहरुको अवलोकन समेत गरे । नागर्जुन नगरपालिकाको वडा नम्वर १,२ र ३ तथा काठमाडौं महानगरको विभिन्न स्थानमा सञ्चालित मेसमा दैनिक दुई छाक खाना खुवाउने गरिएको मन्त्री मानन्धरले बताए ।
मेसमा दैनिक एक हजार जनालाई खाना खुवाई रहेका छन ।
महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै बनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए । महानगरको १७ नम्वर वडाको इन्द्रायणी मन्दीरमा भने साँझको खाना मात्र खुवाउने गरिएको छ ।मन्त्री स्वयं मजदुरहरुसँग बसेर खाना खाँदा सर्वसाधारणले पनि खुसी व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले मन्त्री मानन्धरको पहलमा लकडाउन अवधिभरका लागि खाना खुवाउने प्रवन्ध मिलाईएको जानकारी दिए । यस्तै नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले मेसबाट खाना खुवाइरहेको बताइन । विभिन्न संघ संस्थाहरुको सहयोगमा सम्बन्धीत क्षेत्रका बासिन्दाले खाना बनाउने र खुवाउने गर्दै आएका छन्। खाना बनाउनका लागि आवश्यक दाल चामल तरकारी लगायतका खाद्यान्नको व्यवस्थापनका लागि दाताहरुले पनि सक्दो सहयोग गरिरहेको मन्त्री मानन्धरले बताए ।यस अघि पनि लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई आफुले आवश्यक सहजिकरण गर्दै आइरहेको बताउँदै मन्त्री सामुहीक मेस सञ्चालन भएका ठाउँमा खाना खान आउन समस्यामा परेकाहरुलाई निमन्त्रणा गरेका छन् ।
म पनि तपाईंहरुसँगै बसेर खाना खान्छु भन्दै मन्त्री मानन्धरले नजिकका ठाउँमा गएर खाना खान आग्रह गरेका हुन् ।
मन्त्री मानन्धरले राहतसँगै खानाका लागि सामुहीक मेस सञ्चालन गर्दा सहज हुने भएकाले आवश्यक सहजिकरणका लागि स्थानीय सरकारहरुलाई आग्रह समेत गरेका छन् ।
