राजेश नेपाली बिहिबार, बैशाख १८, २०७७

रोल्पा।  जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे रोल्पाका प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने आशंका प्रहरिले गरिएको छ । घटनास्थलमा रहेको अर्को बम अबेर नेपालि सेनाले डिष्पोज गरेको छ ।प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरि प्रमुख रबिन्द्र बहादुर धानुकले जानकारि दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]