Sidha Patra मंगलबार, कार्तिक ०९, २०७८

काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । करीब ६ महीनाअघि आयोगले शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको थियो। तर त्‍यतिबेला प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो ।

नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लगायतका काम रोकिएका थिए ।

त्यस्तै आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने १७ हजार २२७ जना शिक्षकको दरबन्दी विवरण आयोगमा पठाइसकेको छ ।

यस्तै ३ हजार ३९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको छ । सबैको संख्या जोडेर २० हजार भन्दा बढी शिक्षक छनोट गरेर आयोग लाइसेन्सको परीक्षा गर्ने तयारीमा जुटेको भएपनि आयोगले नियमावलीमा भएका केही प्रावधानका कारण शिक्षक छनोटका लागि विज्ञापन गर्न सकेको थिएन ।

त्यसैगरी केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]