Sidha Patra बिहिबार, कार्तिक ०४, २०७८

मकवानपुर । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको स्रोत बताउँछ । स्रोतका अनुसार एमालेले सरकारको आयु केही दिन लम्ब्याउन खोजिरहेका कारण आज बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु गर्ने तर मतदानका लागि भने केही दिनपछि अर्को बैठक राख्ने तयारी भइरहेको छ ।
नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]