
Pbu
Ggp
Rgp
Usb
Rgp
Lnp
Jns
lnp
Rgp
ksb
Ggp
Lks
Dus
Dbs
Sgp
Asb
Rgp


धनगढी । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताए । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।
आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
सुरक्षाकर्मीको संयुक्त टोली परिचालन
प्रभावित परिवारहरुको उद्धार तथा राहतका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका संयुक्त टोलीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उद्धार तथा राहतको कार्यमा जिल्लामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुको सहयोग लिने काम समेत भइरहेको उनले बताए । यस्तै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखिएको छ । भिमदत्त नगरपालिका वडा नम्बर १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ ।
‘महाकालीमा २०७० सालयताकै ठूलो बाढी’
त्यस्तै डिएसपी न्यौपानेका अनुसार महाकाली नदीमा बिहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सतह अहिले बढेर चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको छ ।
महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी आएको उनले बताए । ‘महाकाली नदीमा २०७० साल यताकै ठूलो बाढी आएको छ,’ डीएसपी न्यौपानेले अनलाइनखबरसँग भने, ‘पानीको बहाव बढ्ने क्रम अझै जारी छ ।’ नदीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको कालोपत्रे सडक पनि कटान गर्न थालेको छ । सडकको एकातर्फको आधा भाग नदीले कटान गरिसकेको छ ।अनलाइनखबर
