
Unsku
Rgp
Srbpu
Rmb
Ggp
cjs
Sds
pku
Pes
sbs
Djs
Sgr
Pbu
Gis
Gfs
Lnp
Rgp
Cps
Rgp1

Ssm
Sls
Tsm
Rgu
Rgu
Sbs
Bbu
Ggd
nsb
Ksm
Bbbpu
Hal
Wsp
Gst
Rgs
Vor
Asm
Rsb
Pvg

Jmb
Rpp
sab
Rmb
Bml
Pls
Jmb
Ptm
Abd
Syp
bbt
Mks
Gsb
दाङ । आइतवारदेखि परेको अबिरल बर्षाकाकारण देउखुरीका बिभिन्न स्थानहरुमा किसानहरुले काटेको धानवालीमा ब्यापक क्षति पुगेको छ ।
देउखुरीको गंगापरस्पुर, गोबरडिहा, गढवाका बालाखुटी, हाँसीपुर,वालापुर, घोराहा, सेमरी, मानपुर, मोतिपुर, झारबैरा, बोधिपुर, कान्छीगाउँ र राजपुर गाउँपालिका, राप्ती गाउँपालिका तथा लमही नगरपालिकाका बिभिन्न स्थानहरुमा किसानहरुले काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानवालीमा ब्यापक क्षति भएको पाइएको छ ।
हामी दुखी किसानको खुसी प्रकृतिले खोस्दै छ । खेतभरी धान काटेर सुकाएको बेला एकाएक पानी परेपछि धान खेतमै डुबेको छ–गढवा ६ बालाखुटीका किसान मनिराम अर्यालले भन्नुभयो । गढवा ७ का किसान हेमनारायण चौधरीले पनि धान काटेर खेतमा सुकाएको बेला पानी परेर सबै धान डुबेको बताउनुभयो । भर्खर आलु लगाएको पानीले बिगार्यो । धान भित्राउने बेला पानी आयो । समयमा धान दाउने थे्रसर पाइएन गढवा ६ रामपुरका राजकुमार यादवले भन्नुभयो । दशै अघि काटेको धान पनि थे्रसर नपाउँदा भित्रायाउन नपाएर खेतमै उम्रने भयो–गढवा ६ का खुमानन्द पोखे्रलले भन्नुभयो । यत्तिबेला देउखुरीका किसानहरु कसैले पानीमा डुबेको धान बोकेर अग्लो ठाउँमा राख्दै छन् त कसैले पानीले बगाएको धान खेज्दै छन् ।
हाम्रो खुसी प्रकृतिले खोस्यो । बर्षभरी दुख गरेर धान काटेको बेला एकाएक पानी आयो । झण्डै एक बिगाह बढीको धान खेतमै डुब्यो । गढवा ३ गोबरडिहाका किसान रोशन कुमार चौधरीले भन्नुभयो । गोबरडिहाकै चञ्चला चौधरीको पनि उस्तै बेथा छ । बर्षभरीको खेति पानीले डुबाउँदा उहाँ निकै दुखित हुनुहुन्छ । खेतमै रहेको तर नकाटेको धान पनि हावाले ढालेर पानीमा डुबेको छ । नकाटेको हुनाले बगाउन त नसक्ला तर धान पानीमा डुबेपछि बिग्रीहाल्छ–गढवा ६ रामपुरका शुन्दर यादवले भन्नुभयो । उहाँहरुको जस्तै देउखुरीको अधिकांश किसानहरुले काटेर खेतमा सुकाएको सयौं बिगाहको धानबाली नियमित परेको बर्षाका कारण खेतमै डुबेको छ भने कसैको भलले बगाउने खतरा पनि उत्तिकै छ ।
दशै मनाएर धान काट्ने योजना साँचेका अधिकांश किसानहरुको खेतमा काटेर सुकाएको धानवाली पानीले डुबाएको हो । धान दाउने थे्रसर मसिन भनेको बेला पाइन्न । सबैको धान एकै पटक पाकेको छ । जसले गर्दा दशैअघि काटेको धान पनि भित्राउन कठिन भएको हो । साना किसानहरुले आफ्नो धान दाउने मसिन आफैले किन्न सक्तैनन् । काटेको धान अर्केको मसिन भाडामा लिएर दाउने बाटो हेर्दाहेर्दै अधिकांश किसानहरुले समयमै थे्रसर मसिन नपाउँदा धान बर्षात्को पानीले डुबाएको बताउँछन् ।
